• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनामा नेइमार नफर्कियोस भन्नेहरु छन् – मेसी 

kharibot

काठमाडौ । लियोनेल मेसीले बार्सिलोनाका केहि सदस्य नेइमार बार्सिलोना नफर्कियोस भन्ने चाहेको बताएका छन् ।

मेसीले नेइमारको बार्सिलोना फर्किने सम्भावनाका बारेमा बोल्दै मेसीले बार्सिलोनामा केहि मानिसहरु नेइमारलाई फर्काउने कुराको विरोध गरिरहेको बताएका हुन् ।

एक एफएमसँग अन्तर्वार्ता दिदै मेसीले नेइमारलाई बार्सिलोना फर्काउन गाह्रो भएको बताउदै उनले भने - पहिलो कुरा नेइमारले बार्सिलोना छोडेको हेर्दा नै दुखद क्षण थियो र दोस्रो उनले जसरी छोडे त्यो दुखद थियो ।

मेसीले बार्सिलोनामा उच्च व्यवस्थापनक सदस्यहरु जो नेइमारलाई फर्काउन नचाहेको बताउदै मेसीले खेलकुदमा नेइमार विश्वकै उत्कृष्ट खेलाडी भएपनि अन्य कुराले उनलाई बार्सिलोना फर्काउन रोकिरहेको बताए ।

केहि दिन अघि मेसीले आफुले बार्सिलोना नछोड्ने बताउदै आफ्नो क्यारियरमा बार्सिलोना बाहेक अन्य क्लबमा नखेल्ने बताएका थिए ।

त्यस्तै मेसीले रोनाल्डो ला लिगामा रहदा एल क्लासिको रोचक र अझ रोमान्चक हुने प्रतिक्रिया दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै