• २०८१ बैशाख १४ शुक्रबार

टी-२० विश्वकप छनौटमा बर्मुडामाथि पिएनजीको सहज जित

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत पिएनजीले बर्मुडालाई पराजित गरेको छ ।

शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा पिएनजीले बर्मुडालाई १० विकेटले पराजित गरेको छ । बर्मुडाले दिएको ९० रनको लक्ष्य पछाएको पिएनजीले १०.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य हासिल गरेको थियो ।

पिएनजीको जितमा असाद भालाले अविजित ५३ रन बनाए भने टोनी उराले अविजित ३३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बर्मुडा १७.२ ओभरमा अल आउट हुदै ८९ रन बनाएको थियो । बर्मुडाक लागि डेलरे रवलिन्सले सर्वाधिक २५ रन बनाएका थिए । त्यस्तै रोड्नी ट्रोटले १९ रन बनाए भने एलन डगलसले १२ रन बनाए । त्यस्तै मलाची जोन्सले ११ रन बनाए ।

पिएनजीका बलर नोरमान भनुआले ह्याट्रिक लिएका थिए । भनुआले २.२ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित १४ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै नोसैना पोकानाले २ विकेट लिएका थिए ।

यो जितसहित समुह ए मा नेदरल्याण्डस, सिंगापुरपछि पिएनजीले विजयी शुरुवात गरेका छन् ।
               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै