डिबालाले दुई गोल गर्दै युभेन्टसलाई जिताए

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ ।

समुह डि अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटीभ मस्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले २ मिनेटमा २ गोल गरेर युभेन्टसले लाई जिताएका छन् । यस अघि खेलको ३०औ मिनेटमा मस्कोका अलेक्से मिरानचुकले सुरुवाती गोल गर्दै युभेन्टसमाथि अग्रता लिएको थियो ।

तर डिबालाले खेलको ७७औ र ७९औ मिनेटमा गोल गर्दै युभेन्टसलाई हार बाट बचाएका थिए ।

यो जितपछि समुह डि मा युभेन्टसको ३ खेलमा ७ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै मस्कोको ३ खेलमा ३ अंक रहेको छ ।           
 

सम्बन्धित समाचार

कोस्टाको निर्णायक गोलमा युभेन्टस विजयी

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटिभ मोस्कभामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले डोगलस कोस्टाको निर्णायक गोलमा मोस्कभामाथि २-१ को जित हासिल गरेको हो । १-१

च्याम्पियन्स लिगमा पिएसजीको जितमा इकार्डीको निर्णायक गोल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि जित हासिल गर्दै यस सिजनमा अपराजित रहेको छ । समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले ब्रुगेमाथि १-० गोल अन्तरले पराजित गरेको

च्याम्पियन्स लिगमा लिभरकुसेनले एटलेटिकोलाई हरायो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरकुसेनले एटलेटिकोमाथि २-१ गोल अन्तरले पराजित गरेको हो । लिभरकुसेनको जितमा केभिन भोल्लान्डले

रियल म्याड्रिडको जितमा रोड्रीगोको ह्याट्रिक

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले टर्किस क्लब गालाटासारेलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा रियल म्याड्रिडले गालाटासारेलाई ६-० गोल अन्तरले पराजित


z