विश्वकप छनौटमा केन्यासँग हार्यो सिंगापुर 

खरीबोट

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत केन्याले सिंगापुरलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा केन्याले सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो ।

सिंगापुरले दिएको १५८ रनको लक्ष्य पछाएको केन्याले १८.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

केन्याको जितमा इरफान करीमले अविजित ७१ रन बनाएका थिए । त्यस्तै अमन गान्धीले ५० रन बनाए । त्यस्तै कोलिन्स ओबूयाले १६ रन बनाएका थिए ।

सिंगापुरका बलर अमजद मह्बूबले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४० रन बनाए भने अरित्रा दत्तले ३३ रन बनाएका थिए । त्यस्तै टीम डेविडले २९ तथा मनप्रीत सिंहले २४, नविन परामले २१ रन बनाएका थिए ।

केन्याका बलर एलिजाह ओटीएनो र लुकास ओलुओचले ३-३ विकेट लिएका थिए । त्यस्तै शेम एंगोचेले २ विकेट लिएका थिए ।

जितसहित केन्याको ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेर चौथो स्थानमा उक्लिएको छ भने सिंगापुर पनि ४ खेलमा २ जित २ हारसहित ४ अंक लिएर पाँचौ स्थानमा झरेको छ ।           
 

सम्बन्धित समाचार

महत्पूर्ण खेलाडी बिना नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौं । फिफा विश्वकप छनौटअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले आज मंगलबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चान्ग्लिमिथांग स्टेडियममा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ । नेपाली टोलीका प्रशिक्षक

नेपाल र कुवेतबीचको खेल भुटानमै हुने, एएफसीले दियो सहमति 

काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको  छनोटअन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा नै हुने भएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै न्युट्रल

पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा

काठमाडौँ । पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनलका दुवै खेलमा पिएनजी र नेदरल्याण्डस विजयी हुदै फाइनलमा पुगेका हुन् । पिएनजीले सेमिफाइनलमा नामिबियालाई १८ रनले पराजित

टी-२० विश्वकप छनौटको पाँचौ स्थानको प्लेअफ स्कटल्याण्डले जित्यो  

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डले पाँचौ स्थान हासिल गरेको छ । गएराती सम्पन्न पाँचौ स्थानको प्लेअफमा स्कटल्याण्डले ओमानलाई ५ विकेटले पराजित गरेको छ । ओमानले दिएको १६८ रनको लक्ष्य


z