• २०८१ बैशाख १४ शुक्रबार

मेसीको किर्तिमानी गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले चेक रिपब्लिकको क्लब स्लाभिया पराग्वेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले स्लाभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा एक गोल लियोनेल मेसीले गरेका थिए भने एक गोल स्लाभियाका पिटर ओलायीन्काले आत्मघाती गोल गरेका थिए । स्लाभियाका लागि एक गोल जान बोरिलले एक गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै मेसीले नयाँ कितिमान बनाएका छन् । मेसीले च्याम्पियन्स लिगको इतिहासमा लगातार १५ सिजनमा कम्तिमा एक गोल गर्दै यस्तो गर्ने पहिलो खेलाडी बनेका छन् ।

साथै मेसीले च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिडका पुर्व खेलाडी राउलले गरेको ३३ टिमविरुद्ध गरेको गोलको बराबरी गरेका छन् ।

यससँगै बार्सिलोना समुह एफ अन्तर्गत ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै