काठमाडौँ । टी-२० विश्कप छनौटमा आयोजक युएईले नाइजेरियालाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा युएईले नाइजेरियालाई ५ विकेटले पराजित गरेको हो ।
नाइजेरियाले दिएको ११२ रनको लक्ष्य पछाएको युएईले १३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ ।
युएईका लागि जवान फरिदले सर्वाधिक ५५ रन बनाएका थिए भने रोहन मुस्तफाले १४ रन बनाएका थिए । त्यस्तै मुहमद उसमानले अविजित ११ बलमा २० रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नाइजेरियाले २० ओभरमा ३ विकेट गुमाएर १११ रन बनाएको थियो ।
नाइजेरियाका लागि सिसन अडेडेजीले अविजित ५१ रन बनाएका थिए भने चिमेजी ओनउजुलिकेले अविजित ४६ रन बनाएका थिए ।
यो हारसहित नाइजेरियाले लगातार ४ खेलमा हार बेहोर्दै विश्वकपमा छनौट हुन असफल भएको छ । नाजेरियाले अब दुई खेल खेल्न बाँकी हुदै विश्वकपमा छनौट हुने सम्भावना सकिएको हो ।
त्यस्तै युएईले भने आफ्नो पाँचौ खेलमा तेस्रो जित हासिल गरेको छ । युएईले ६ अंक हासिल गरेको छ ।