• २०८१ बैशाख १७ सोमबार

धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक - मन्त्री पण्डित

kharibot

फाइल तस्वीर

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गर्दै उनले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने कुरामा जोड दिए ।

उनले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गरे । उनले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै सङ्घीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै