राप्रपा अध्यक्ष थापा घाईते भएपछी खेल छाडे

खरीबोट

काडमाडौँ  । राप्रपा अध्यक्ष कमल थापा चिनको सेन्जेन शहरमा हिजोदेखि सुरु ITF Senzhen International Senior Circuit को दोस्रो खेलमा घाइते भएका छन् ।

पिंडौला र तिघ्राको मांसपेशिमा एकैसाथ गंभीर समस्या भएकोले जिति रहेको खेल थापाले बिचैमा छोडेका थिए। भारतका अभिजित भरद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३-० ले जितिरहेको अवस्थामा मांसपेशिमा समस्या देखिएको थियो ।

सो सेट ६-३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभय पछि खेल बिचमै परित्याग गरेका थिए । पिंडौला बाट शुरु भएको समस्या तिघ्रा हुंदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छोडिदिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

घाइते भएपछि पहिलो दुई सेट २ घन्टा ३५ मिनेट लामो समय सम्म चलेको बर्तौलाले जनाए ।

सम्बन्धित समाचार

सिमा अतिक्रमण बारे भारतलाई तत्काल औपचारिक पत्र पठाईयोस् -कमल थापा 

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भू-भाग अतिक्रमणका सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएकोमा आपत्ति जनाएका छन् । सामाजिक संजाल मार्फत अध्यक्ष थापाले सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमण वारे

नाइटक्लबमा पुर्वराजा ज्ञानेन्द्र, कमल थापा भन्छन्- जनताको सुखमा रमाउने राजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित ठमेलस्थित क्लब एलओडीमा नाचगान गरेका भिडियो अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । पूर्वराजा ज्ञानेन्द्र ३० कात्तिक राति ठमेलस्थित नाइट क्लब लर्ड अफ ड्रिङ्कस (एलओडी)

काँग्रेस कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट - कमल थापा 

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् । ठुला-ठुला भ्रष्ट्राचारको काण्डमा ठुला दलहरुको संलग्नता

स्वाधिनताको रक्षा गर्न राष्ट्रबादी शक्तिलाई भोट - कमल थापा 

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार,बिकृती र बिसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्बाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन् । आज कास्की-२ को मनोनयन


z