• २०८१ बैशाख १५ शनिबार

गणतन्त्र असफल भयो, तेस्रो जनआन्दोलन आवश्यक- कमल थापा

kharibot

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगत १७ बर्षको अनुभबबाट संघीय गणतन्त्र असफल साबित भएको दाबी गरेका छन् । आज पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अब यो ब्यबस्था सुधारिने कुनै सामान्य सङ्केत पनि नदेखिएकोले ब्यबस्था र अबस्था परिबर्तनको लागि जनआन्दोलको अपरिहार्य भएको बताए ।

सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबीको जड राजसंस्था, हिन्दराष्ट्र र एकात्मक शासन हो भनी निर्माण गरिएको गलत भाष्यले मुलुकलाई सड्ढटको भुमरिमा फसाएको उनको टिप्पणी थियो ।

थापाले बिदेशी दबाब र प्रभाबमा जनताको अभिमत बिना मुलुकको राष्ट्रिय धरोहरहरुलाई भत्काउने काम भएकोमा आपत्ती प्रकट गर्दै उनले षड्यन्त्र पुर्बक जबर्जस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुने समेत जिकिर गरे । सबै अटाउने राज्य प्रणाली र ब्यबस्था आजको आबश्यकता भएको चर्चा गर्दै थापाले अहिले मुलुकमा चलिरहेको भ्रष्टाचारको चक्रलाई तोड्न आन्दोलनको बिकल्प नभएको समेत उनले बताए ।

राप्रपा नेपालले आन्दोलनको तयारी गरिरहेकोले  सबै राष्ट्रबादी शक्तीहरु एक ठाउँमा बसेर मुलुकलाई बिकल्प दिनुपर्ने उनको धारणा थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की ,बिश्वराज पौडेल ,दान बहादुर गुरुङ , चिना दवाडी लगायतले बोलेका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर लगायत राप्रपाका नेता कार्यकर्ताका साथै नेपाली काङ्ग्रेस कास्किका पुर्ब कोषाध्यक्ष ऋषि सापकोटा,नेताहरु खेम गुरुङ्ग,गुरुदत्त पहाडी,नेबिसंघका बिराज कार्की लगायत राप्रपा नेपाल प्रवेश गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै