• २०८१ बैशाख १७ सोमबार

नेपाल अफ्रिका फिल्म फेस्टिबल नाचघरमा जारी

kharibot

फाइल तस्वीर

काठमाडौँ । तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ ।

महोत्सबमा शनिबार नाईजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा सापकोटा निर्देशित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, नेपाल पर्यटन बोर्डको नेपाल ल्यान्ड अफ डाईभर्सिटी, केन्याको न्यु मुन र घानाको द बुरिएल अफ कोजो फिल्म प्रदर्शन गरियो । बाँकी १९ ओटा फिल्म आईतबार र सोमबार प्रदर्शन गरिने छ ।

आईतवार नेपाली ४ ओटा र अफ्रिकी ६ ओटा गरी १० ओटा फिल्महरु प्रर्दशन हुने पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए । महोत्सबको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शनिबार उद्घाटन गरेका हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै