कास्की-२ बाट विद्या भट्टराईको मनोनयन दर्ता

खरीबोट

पोखरा । कास्की-२ बाट नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गरेकी छन् ।

विहिबार बिहान पोखरास्थिति मुख्य निर्वाचन आयुक्तको कार्यालय पुगेर भट्टराईले आफ्नो उम्मेद्वारी दर्स्ता गरेकी हुन् । 

भट्टराई उम्मेद्वारी दर्ता गर्न जानेक्रममा मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको थियो । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको हो ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो ।

बम बिस्फोट भएको स्थानमा अहिले सुरक्षाकर्मी परिचालन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

बम बिस्फोट कसले गराएको हो भन्ने बारे अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन ।

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ ।

मङ्सिर १४ मा हुने उपनिर्वाचनमा उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ का लागि निर्वाचन हुदै छ । जसमा प्रतिनिधि सभाका लागि कास्की-२ मा उपनिर्वाचन हुदै छ भने प्रदेश सभाका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को 'क' ,  बागलुङ निर्वाचन क्षेत्र नं २ को 'ख' र दाङ निर्वाचन क्षेत्र नं ३ को 'ख' मा उपनिर्वाचन हुदै छ ।

सम्बन्धित समाचार

पोखरा भलामका मतदाता भन्छन् - बाँदरको समस्या समाधान गर्नेलाई भोट

पोखरा । पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपाली काँग्रेसद्वारा आयोजित घरदैलोका क्रममा स्थानयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह

कास्की-२ मा काँग्रेसको तीन हजार पाँच सय ५१ सदस्यीय प्रचार समिति

पोखरा । नेपाली काँग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । निर्वाचन तयारी सम्बन्धमा

कास्की-२ मा १६ जनाको मनोनयन, मुख्य प्रतिस्पर्धा नेकपा र काँग्रेसकै

काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा  मनोनयन दर्ता सम्पन्न भएको छ ।  सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली

कास्की-२ बाट काँग्रेसका पौडेलद्वारा उम्मेदवारी दर्ता  

काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा नेपाली काँग्रेसका खेमराज पौडेलले आफ्नो उमेदवारी दर्ता गरेका छन् । कास्की काँग्रेसका नेता देवराज चालिसे र सोभियतबहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उमेदवारी दर्ता गरेका हुन्


z