• २०८१ बैशाख १७ सोमबार

अकुपाई टुँडिखेल #मुक्त टुँडिखेल 

kharibot

काठमाडौँ । राजधानीको मुटुमा रहेको टुँडिखेल अतिक्रमण विरुद्धमा सामाजिक अभियन्ताहरुले टुँडिखेलमा विरोध प्रदर्शन गरेका छन् । 

टुँडिखेल अतिक्रमण भएको भन्दै टुंडिखेललाई पुरानै अवस्थामा फर्काउने अकुपाई टुँडिखेल अभियान अन्तर्गत टुंडिखेलदेखि रत्नपार्कसम्म मानव साङलो बनाएर विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पुर्वमन्त्री गगन थापा, काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, टेलिभिजन प्रस्तोता, रवि लामिछाने, गायक योगेश्वर अमात्यसहित विभिन्न पेशा र क्षेत्रका नागरिकहरु मानव साङलो बनेर विरोध गरेका थिए ।    

यो अभियानको मुख्य उद्देश्य टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्ने र यस क्षेत्रलाई खुला पार्कको रूपमा विकसित गर्नुरहेको अभियन्ता बताउँछन् ।

शनिवार, विश्व स्वतन्त्रता दिवसको अवसर पारेर खुला मञ्चमा भेला भइ उक्त विरोध प्रदर्शन आयोजना गरिएको आयोजकहरुले बताएका छन् । भूमिगत जल भण्डारको पुनरभरणको श्रोतसमेत रहेकोले टुँडिखेल जोगाउनु पर्ने अभियन्ताको भनाइ छ । टुँडिखेल महाङ्काल, दुई माजु तथा रैथाने इस्ट देवता लगायत अन्य कयौं मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदा भएको क्षेत्र हो । यसै ठाउँमा पाहं चर्हे जात्रा, घोडे जात्रा, गुरुमपलाई भात खुवाउने जस्ता थुप्रै जात्रा हुने गर्छ ।

 

ऐतिहासिक, राजनैतिक परिवर्तनको साक्षीको रुपमा रहेको खुला मञ्च भएको क्षेत्र अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बनेको र अनधिकृत पसल संचालनको कारण अतिक्रमणमा परेको छ । 

टुँडिखेलको दक्षिण भागमा धरहरा पुनर्निर्माणका लागि ल्याइएका सामान थुपारिएको छ । वरिपरिका भगनावशेष घरको माटो त्यहीँ ल्याएर थन्काइन्छ । रंगशालासँगैको भागमा पुलिस क्लब, सेनाका लागि पुस्तकालय, भव्य पार्टिप्यालेस छन् । हाल बीचको एक भागमात्र सर्वसाधारणका लागि खुला छ । 

दैविक प्रक्रोपको बेला आश्रय केन्द्रको रुपमा रहेको टुँडिखेल अहिले विभिन्न बहानामा ढलान गर्ने र खुला रुपमा सर्वसाधारणको पहुँच समेत नमिल्ने भएको छ ।   

सर्वसाधारणले खेलकुद तथा व्यायाम गर्ने ठाउँमा अनधिकृत पार्किङ्ग गरिने र भवन बानाउने सामान र कामदार बस्ने ठाउँ निर्माण भएको छ । 

नागरिक अभियान्ताले काठमाडौंमा रहेको एक मात्र विशाल मैदान टुँडिखेललाई बचाउन ‘अकुपाई टुँडिखेल’को अवधारणा ल्याएका छन् । जुन राजनीतिक परिवर्तनसँगै सेना र सरकारद्वारा अतिक्रमणमा पर्दै आएको छ ।

उनीहरुले भनेका छन्, "हामी नागरिकको टुँडीखेलमा सेना वा सरकार वा ठेकेदारका संरचना स्वीकार्य छैन, इच्छा शक्ति हुने हो भने, टुँडिखेललाई न्यूयोर्क सिटीको सेन्ट्रल पार्क जस्तो बनाउन सकिने  र  सहरको बिचमा हरियाली बनाउन सके वायु प्रदुषण घट्ने छ ।"

सन् १९६७ मा टुँडिखेलको ५२ प्रतिशत भाग खुला चौर- सर्वसाधारणको पहुँचमा थियो, १९९० मा उक्त भाग घटेर ३३ प्रतिशत पुगेको छ र २००० सम्म आइपुग्दा २५ प्रतिशत मात्र बाकी रहेको छ । २०१७ को नक्सामा खुला भाग जम्मा १४ प्रतिशत रेहको छ । सैनिक अभ्यासको लागि भेनर तय गरिएको भाग १९६७ मा ३३ प्रतिशत थियो तर अहिले ४० प्रतिशत पुगेको छ । सर्वसाधारणको पहुँचमा केवल चार प्रतिशात भू-भाग मात्र बाकी रहेको छ जुन अहिले पार्किङ्गले ओगटेको छ । 

'आकुपाई टुँडिखेल' अभियानले टुँडिखेलमा रहेका अस्थायी संरचना हटाउन नागरिक स्तरबाट दबाब दिने र  अस्थायी बसपार्क, पार्किङ् र व्यापारिक स्टल तत्काल हटाउन अभियान केन्द्रित रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै