• २०८१ बैशाख १५ शनिबार

फेरी हार्यो अफगानिस्तान, सिरिजमाथि वेस्टइन्डिजको कब्जा

kharibot

काठमाडौँ । जारी एकदिवसीय सिरीजमा वेस्टइन्डिजले अफगानिस्तानलाई पराजित गरेको छ ।

भारतमा जारी सिरिजमा वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै सिरिज २-० ले जितेको छ । तीन खेलको सिरिजमा वेस्टइन्डिज २-० ले अगाडी भएसँगै अफगानिस्तान लगातार एघारौ खेलमा हार बेहोरेको छ ।

वेस्टइन्डिजले दिएको २४८ रनको लक्ष्य पछाएको अफगानिस्तान ४५.४ ओभरमा २ सय रन बनाउदा अल आउट भएको थियो ।

अफगानिस्तानका लागि नाजिबुल्लाह जदरानले ५६ रन बनाएका थिए भने रहमत शाहले ३३, मोहमद नावीले ३२ रन बनाएका थिए । त्यस्तै हजरतुल्लाह जजईले २३ र इकराम अलिखीले १९ रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर शेल्डन कोट्रेल, रोस्टन चेज र हेडन वाल्शले ३-३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ९ विकेट गुमाउदै २४७ रन बनाएको थियो । वेस्टइन्डिजका निकोलस पुरनले सर्वाधिक ६७ रन बनाएका थिए ।

त्यस्तै एविन लुइसले ५४ रन बनाएका थिए । त्यस्तै साइ होपले ४३ र शिमरोन हेटमेयरले ३४ रन बनाएका थिए ।

अफगानिस्तानका बलर नवीन उल हकले ३ विकेट लिएका थिए ।

यो जितसँगै वेस्टइन्डिज ३ खेलको सिरिजमा २-० ले अगाडी भएको छ र सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल आइतबार हुदै छ ।

              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै