• २०८१ बैशाख १७ सोमबार

उद्योगपति पद्म ज्योतीलाई अदालतको पक्राउ पुर्जी

kharibot

काठमाडौं । हाउजिङ प्रकरणमा पक्राउ परेका उद्योगपति रुप ज्योतीका दाजु पद्म ज्योतीलाई पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

केही दिन अघि भाइ रुप ज्योती र उनकी छोरी पक्राउ परेका थिए । रुप ज्योती र छोरी अनुसन्धानका लागि हिरासतमा रहेका छन् । आइतवारमात्र अदालतले प्रहरीलाई अनुसन्धानको लागि मागेको सात दिनको समयमा पाँच दिन थप गरेको थियो । 

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पद्म ज्योती पनि जग्गा लेनदेन प्रकरणमा मुछिएको भन्दै अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

पद्म ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन् । 

नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो । त्यसैका आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो ।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै