भारतविरुद्धको टेस्टमा बंगलादेश १५० मा अल आउट 

खरीबोट

काठमाडौँ । आज देखि शुरु भएको भारत र बंगलादेशबीचको पहिलो टेस्टमा बंगलादेश पहिलो इनिंगमा १५० रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले पहिलो दिनको ५८.३ ओभर मात्र खेलेर १५० रन बनाउदै अल आउट भएको छ ।

बंगलादेशका लागि मुशफिकुर रहिमले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान मोमिनुल हकले ३७ रन बनाए भने लिटन दासले २१ रन बनाएका थिए । त्यस्तै मोहमद मिथुनले १३, मदुमुल्लाहले १० रन बनाएका थिए ।

बंगलादेशलाई सस्तैमा आउट गर्नेक्रममा भारतीय बलर मोहमद सामीले ३ विकेट लिएका थिए भने इशान्त शर्मा, उमेश यादव र आर आश्विनले २-२ विकेट लिएका थिए ।

अब भारतले आफ्नो पहिलो इनिंग शुरु गर्दै छ । 

हाल भारत टुरमा रहेको बंगलादेशले यस अघि खेलेको टी-२० सिरिज २-१ ले हारेको थियो । बंगलादेशले भारतसँगको दोस्रो टेस्ट कोलकोतामा पिंक बलमा डे-नाइट टेस्ट खेल्दै छ ।
 

सम्बन्धित समाचार

अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट इनिंग र ४८ रनले जित हासिल गर्दै सिरिजमा २-० ले क्लिन स्वीप गरेको छ । पाकिस्तान दोस्रो इनिंगमा २३९ रन बनाएर अल आउट भएपछि

अस्ट्रेलियाविरुद्ध पाकिस्तान फलोअनमा

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानलाई जारी टेस्ट खेलमा फलो अन दिएको छ । दोस्रो टेस्टको तेस्रो दिन आज पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३०२ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया भन्दा अझै २८७

पाकिस्तानविरुद्ध डेविड वार्नरको कीर्तिमानी तेहोरो शतक

काठमाडौँ । अस्ट्रेलियाका ब्याट्सम्यानद्वय डेविड वार्नरले पाकिस्तानविरुद्धको टेस्टमा तेहोरो शतक प्रहार गरेका छन् । वार्नरले टेस्टको दोस्रो दिन आफ्नो क्यारियर पहिलो टेस्ट तेहोरो शतक प्रहार गरेका हुन् । वार्नरले यस अघि

पाकिस्तानविरुद्ध वार्नर र लाबुसचाग्नेको शतक

काठमाडौँ । अस्ट्रेलियाका ब्याट्सम्यानद्वय डेविड वार्नर र मार्नस लाबुसचाग्नेले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा शतकीय पारी खेलेका छन् । शुक्रबारदेखि शुरु भएको दोस्रो टेस्टमा वार्नरले शतक प्रहार गर्दै पाकिस्तानविरुद्ध लगातार दोस्रो शतक प्रहार


z