• २०८१ बैशाख १४ शुक्रबार

युरोकप छनौटमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी 

kharibot

काठमाडौं । युरोकप २०२० को छनौट अन्तर्गत समुह बि मा पोर्चुगलले लिथुआनियालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

पोर्चुगलले लिथुआनियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । रोनाल्डोले आफ्नो क्लब र देशको फुटबल

क्यारियरमा ५५औ ह्याट्रिक पुरा गरेका छन् । साथै रोनाल्डोले पोर्चुगलका लागि ९८ गोल गरेका छन् ।

पोर्चुगलका लागि पिज्जी, गोन्कालो पासिया र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए ।

यो जितपछि पोर्चुगल समुह बिमा पोर्चुगल ७ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । यस समुहमा युक्रेन ७ खेलमा १९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै सर्बिया ७ खेलमा १३ अंक हासिल गर्दै तेस्रो स्थानमा छ ।

लुथिआनियाको भने ८ खेलमा एक अंक मात्र रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै