• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री ओलीलाई श्रीलङ्काको राष्ट्रपति राजापाक्षेद्वारा धन्यवाद ज्ञापन 

kharibot

काठमाडौं । श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले नोपालको प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले नयाँ राष्ट्रपति राजापाक्षेलाई बधाई दिँदै श्रीलङ्का र नेपालको सम्बन्ध बिगतमा झैँ सधै सुमधुर रहने बताएका थिए।

विपक्षी दलका तर्फबाट उम्मेदवार पूर्व रक्षामन्त्री तथा श्रीलङ्काको राष्ट्रपति राजापाक्षेले नेपालका प्रधानमन्त्रीले दिएको बधाई सन्देशको उत्तरमा, श्रीलङ्काको लागि नेपालको स्थान सधै विशेष रहने छ, वुद्धको जन्म स्थान रहेकोले नेपाल संग सधै सह-अस्तित्वका र आर्थिक विकासका साथ अगाडी बढ्ने र सार्क राष्ट्रको सदस्य समेत रहेकोले आगामी दिनमा छिटै भेट हुने बताएका छन्। 

झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै