• २०८१ बैशाख १६ आइतबार

जीपको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

kharibot

कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ का देवराम टमटा रहेका प्रहरीले जनाएको छ ।

बुधबार कञ्चनपुरबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको महेन्द्रा जिपले ठक्कर दिँदा टमटा गम्भिर घाइते भएका थिए ।घाइते टमटालाई उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेते जानकारी दिए ।

ठक्कर दिने जिप र चालक डडेल्धुराको अमरगढी नगरपालीका– १० का २३ वर्षीय विरबहादुर रावललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै