• २०८१ बैशाख १७ सोमबार

काँग्रेसलाई सरकारको प्रश्न – अफताब बारे कहिले बोल्ने ?

kharibot

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले काँग्रेसले उपनिर्वाचनमा जालो हान्न २१ आरोप लगाएको बताएका छन् ।

सरकारको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता बास्कोटाले काँग्रेसले हालै लगाएको २१ आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । प्रवक्ता बास्कोटाले राजनीतिक अस्थिरताको शुरुवात काँग्रेसबाटै भएको बताए । आफ्नो सुबिधाजनक बहुमतको सरकार ढालेर देशमा मध्यावती निर्वाचन गरेको घटना बताउदै काँग्रेसले आफ्नो विगत विर्सेर आरोप लगाएको बताए ।

अहिलेको सरकारले हिजो काँग्रेसले स्थापित गरेका विकृतिको अन्त्य गर्ने बाटोमा अहिलेको सरकार अगाडी बढेको बताए । इँटा भट्टामा मान्छे जलाउने सांसदलाई अहिले पनि काँग्रेसले कारवाही गर्न्ने हिम्मत अझै गरेको छैन भन्दै प्रवक्ता बास्कोटाले कैयौ उद्योग धन्दा काँग्रेसले ध्वस्त बनाएको आरोप लगाएका छन् ।

प्रवक्ता बास्कोटाले २१ महिनामा २१ गल्ति नभएको दाबि गर्दै केहि कमजोरी भएपनि त्यसलाई सच्याउदै लागिएको दाबी गरे । काँग्रेसले प्राप्त राजनीतिक उपलब्धिलाई २००७ सालमा र २०४६ सालपछि पनि जोगाउन नसकेको आरोप लगाए । प्रवक्ता बास्कोटाले अहिले सरकार आफ्ना कमजोरीलाई सच्याएर अगाडी बढेको भन्दै काँग्रेसले स्टन्टबाजी गरेको आरोप लगाए ।

काँग्रेसले असन्तुलित परराष्ट्र नीति अपनाएको काँग्रेसको आरोपको खण्डन गर्दै बिमस्टेक, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जस्ता काम असन्तुलित परराष्ट्र नीति कसरी भयो भन्दै प्रश्न गरेका थिए । उनले अहिले सरकारले युरोप, अमेरिकालगायत सबै तिर कुटनीतिक सम्बन्ध कायम गरेको दाबि गर्दै काँग्रेसको कार्यकालको पनि हिसाब किताब गर्न सकिने बताए । 

प्रवक्ता बास्कोटाले काँग्रेसकै कारण अहिले संबैधानिक आयोगका प्रमुखहरुको नियुक्ति हुन नसकेको समेत आरोप लगाए । उनले काँग्रेस सामन्ती संस्कारबाट नचल्न सुझाव दिदै उनले भने, ' काँग्रेस प्रवक्तालाई मेरो प्रश्न छ अफताब बारे बोल्नुस् ।'

मन्त्रिमण्डल पुनर्गठन बारे बोल्दै प्रवक्ता बास्कोटाले सरकारबाट हटाइएकाहरु अक्षम नभएको भन्दै ठुलो पार्टीमा सबैलाई अवसर दिन प्रधानमन्त्रीले यस्तो निर्णय लिएको बताए ।
 
           
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै