• २०८१ बैशाख १७ सोमबार

मन्त्री बास्कोटा भन्छन् : “ भाग्यमानी सिजी कम्पनि ”

kharibot

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले चौधरी ग्रुप निकै भाग्यमानी रहेको बताएका छन्  ।

उनले भने , “सिजीका संचालक भाग्यमानी हो, “अरुले कम्पनि स्थापना गर्न जोखिम मोल्नु पर्छ भने चुनौती लिनुपर्छ तर सरकारले ऋण काटेर अनुदान दिएको छ ।” सीजी टेलिकमले सरकारसंग लिएको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको लागि एक करोड १८ लाख ६५ हजार अनुदानबाट के काम गरे भन्दै प्रश्न उठाएका छन् । उनले अनुदानको रकम हिनामिना भएको आशंका व्यक्त गरेका छन् ।

मन्त्री बास्कोटा भन्छन्, “मैले उहाँहरुलाई धेरै भन्नु छैन, प्रोसेसमा आउनुस्, यो स्पष्ट कुरा हो । कति तिर्नुपर्छ युनिफाईड वा अरु कुनैको त्यो मलाई धेरै थाहा छैन।” उनले भने, “उहाँहरुले के तिर्नुभयो , सबै तिरेको छ भनेका छन्, सबै तिरेको के को ? के बापतको?”

उनले यसमा थप अध्ययन गर्ने बताएका छन् ।  “४४ करोड पैसा तिरको देखिन्छ, तर यो लिमिटेड मोबिलिटी सर्भिसको हुन सक्छ , त्यो अनुमति पत्रको व्यवस्था रहेको छ । सिजीले ४१ वटा जिल्लामा काम गर्नुपर्ने देखिन्छ, त्यस बापतको फ्रिकवेन्सी लिएका थिए,  तर कहाँ काम गरे ४१ जिल्लामा ?” उनले भने, “ सिजीले पाँच सय ३४ वटा गाविसमा काम गर्नुपर्ने थियो र एक हजार ६८ पिसी ओ स्थापना गर्नु पर्ने थियो तर यी काम गरिरहँदा लाईसन्सको काम पास गर्न सकिन्थ्यो ।” उनले सबै लगानीकर्तालाई नियम नुसार आउन भनेका छन् ।

उनले भने, “सिजी पहिला एसटिएम बाट आएको बताए । सिजीले एसटिएम किन्यो तर एसटिएमले  पुर्वान्चलको पाँच ३४ स्थानमा पूर्वाधार विकासको लागि अनुदान लिएको थियो त्यति बेलामा विश्व बैंकको ऋण लिएर नेपाल सरकारले ऋणको पैसा तिर्नु पर्छ त्यो पनि डलरमा तिर्नुपर्छ । त्यो ऋण यो पूर्वाधार विकास गर्नको निम्ति खस गरी विपदको समयमा नागरिकलाई सूचना को पहुँच दिनको लागि लिएको थियो  । एक करोड १८ लाख ६५ हजार डलर अनुदान दिइएको छ । तर काम केहि भएन एक हजार ६८ पिसिओ बनेन ।”

ऊनले आफुले सिजी संग मागेको २० अर्ब मागेको कुरा झुटो रहेको बताए । उनले भने, “ मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन र मलाई चाहिन्न ।” बार्सिलोनामा सीजीले प्रविधि भित्र्याउनेबारे एक विदेशी कम्पनीसँग सम्झौता गर्दा आफू संयोगले त्यहाँ पुगेको उनले बताए ।

“घुम्दै जाँदा उहाँहरु त्यही उभिनुभएको रहेछ, प्रविधि भित्र्याउनेबारे सम्झौता हुँदैछ, बसिदिनुपर्योँ भन्नुभयो,” उनले भने, “म कतै साक्षी बसेको छैन, लाइसेन्स दिन्छु भनेर ल्याप्चे पनि हानेको छैन ।”

मन्त्री बास्कोटा भन्छन्, “नीतिगत रुपमा जानु पर्छ कसैप्रति पुर्वा ग्रहमा जानु हुँदैन र सर्तहरु मौका पाए आफ्नो अनुकुलतामा बदल्ने । व्यापार भएको नाफा मात्र कमाउने नभई जनता प्रति उत्तरदाइत्व पनि हुनु हो । मेरा जनता गरिब छन् भनेर साकारले आफु धितो बसेर लिएको ऋण हिनामिना गर्न नामिल्ने बताएका छन् ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै