• २०८१ बैशाख १७ सोमबार

पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य

kharibot

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् ।

कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् ।

बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका बेला सदस्य पदमा मनोनीत भएका हुन् ।

यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्री हुनुभएपछि मङ्सिर ६ गते नियुक्त भएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोष ऐन २०४४ (संशोधनसहित) अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै