• २०८१ बैशाख १६ आइतबार

मेडिसिटी अस्पतालका चिकित्सक बलात्कार प्रयास आरोपमा पक्राउ

kharibot

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरले झालाई सोमबार साँझ अस्पताल परिसरबाटै नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो ।

चिकित्सक झाले स्वास्थ्य जाँचका लागि गएकी एक महिलामाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि झालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार आइतबार अस्पताल पुगेकी महिलाले आफूमाथि डाक्टर झाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको  बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै