काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका नेपाल मेडिसिटी अस्पतालका डाक्टर रोहित कुमार झालाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं कीर्तिपुरकी ३० वर्षिया महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमामा महानगरीय प्रहरी परिसर ललितपुरले डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाट नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य जाँचका लागि अस्पताल गएकी महिला माथि डा. झाले गत आईतबार दुर्व्यवहार गरेका थिए ।