• २०८१ बैशाख १७ सोमबार

क्रिस गेलले भारतविरुद्ध नखेल्ने !

kharibot

काठमाडौँ । वेस्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भारतविरुद्धको सिरिज खेल्न अस्विकार गरेका छन् ।

सन्यासको घोषणासँगै मैदानमा फर्किएपनि गेलले आफ्नो क्रिकेट क्यारियर बारे ठोस निर्णय नलिएका कारण विश्वभर रहेका उनका फ्यान निराश रहेका छन् । गेलले भारतविरुद्धको सिरिज नखेल्ने घोषणा गर्दै २०२० को टी-२० विश्वकप बारे पनि आहिले केहि भन्न नसक्ने बताएका छन् ।

गेलले भनेकाछन्,' वेस्टइन्डिजका छनौटकर्ताले मलाई एकदिवसीय खेल खेल्न भनेका थिए । छनौटकर्ता चाहन्छन की म युवा खेलाडीसँग खुलु । तर यो बर्ष मा क्रिकेट खेल्दिन आराम गर्दै छु ।'

गेलले अस्ट्रेलियामा डिसेम्बरबाट शुरु हुने बिग बास लिग समेत नखेल्ने बताएका छन् ।

उनले आफ्नो खेल क्यारियर बारेमा आफुले अहिले नै केहि भन्न नसक्ने बताएका छन् । साथै उनले बंगलादेश प्रिमियर लिगमा समेत नखेल्ने संकेत गेलले गरेका छन् । 

गेलले गत सेप्टेम्बरमा क्यारेबियन प्रिमियर लिग खेलेका थिए भने अहिले दक्षिण अफ्रिकाको टी-२० लिग एमएसएल खेलिरहेका छन् । पछिल्लो समय गेलको प्रदर्शन त्यति राम्रो हुन नसकेपनि एमएसएल लिगको २४ नोभेम्बरको खेलमा गेलले ५४ रन बनाएका थिए ।

वेस्टइन्डिजले भारतविरुद्ध ३ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल डिसेम्बर ६ मा टी-२० खेलबाट हुदै छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै