काठमाडौं । वेस्टइन्डिजले अफगानिस्तानविरुद्धको टेस्ट खेल जितेको छ ।
भारतको लखनउमा सम्पन्न खेलमा वेस्टइन्डिजले टेस्टको तेस्रो दिनमै अफगानिस्तानमाथि ९ विकेटको जित हासिल गरेको छ ।
अफगानिस्तानले दिएको केवल ३१ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले एक विकेट गुमाउदै लक्ष्य पुरा गरेर ९ विकेटको जित हासिल गरेको हो । अफगानिस्तान दोस्रो इनिंगमा १२० रन मात्र बनाएर अल आउट भएपछि वेस्टइन्डिजले ३१ रनको लक्ष्य पाएको थियो ।
अफगानिस्तानले पहिलो इनिंगमा १८७ रन बनाएको थियो भने वेस्टइन्डिजले पहिलो इनिंगमा २७७ रन बनाएको थियो ।
प्रतियोगितामा कुल १० विकेट लिएका १४० किलोका रहकीम कोर्नवाल खेलको प्लेयर अफ द म्याच बनेका छन् । कोर्नवालले पहिलो इनिंगमा ७ विकेट लिएका थिए भने दोस्रो इनिंगमा ३ विकेट लिएका थिए ।