• २०८१ बैशाख १७ सोमबार

रक्षामन्त्री पोखरेलद्वारा द्रुतमार्ग आयोजनाको निरीक्षण

kharibot

तस्बीर : नेपाली सेना

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराईरमधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ स्थित जिरो पोइन्टको स्थलगत निरीक्षण गर्दै त्यहाँको स्थानीय कमाण्डरबाट वस्तुस्थिति तथा कार्य प्रगतिको बारेमा जानकारी लिएका छन् ।

साथै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा रक्षामन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्‍न गर्न आईपर्न सक्ने मुख्य चुनौतिहरुको बारेमा समेत जानकारी लिएका थिए ।

निरीक्षणमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीवृन्द, अर्थ मन्त्रालयका सह सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै