• २०८१ बैशाख १७ सोमबार

शहरी विकासका इन्जिनियर २ लाख ५० हजार घुससहित पक्राउ

kharibot

धनगढी । शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाईका धनगढीका इन्जिनियर घुस सहित पक्राउ परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुस सहित शुक्रवार पक्राउ परेका हुन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रंगेहात पक्राउ गरेको हो ।

तर उनले कुन प्रयोजनका लागि घुस लिएको हो भन्ने कुरा नखुलेको बताईएको छ । जोशीलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै