कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-३ को वडाध्यक्षमा नेकपाका कृष्ण तामाङ विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिबी तामाङले ३ सय १० मत प्राप्त गरे । यसैगरी समाजवादी पार्टीका भीम तामाङले ७५ र राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरे । ११ सय ९९ मतदाता रहेको उक्त वडामा ९ सय २४ मत खसेको थियो ।
जसमध्ये ४ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।