• २०८१ बैशाख १७ सोमबार

चुरेमा मोटर सरर...

kharibot

धनगढी । सुगम जिल्लाको दुर्गम ठाँउका रुपमा परिचित छ कैलालीको चुरे क्षेत्र । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमै अवस्थी यो क्षेत्र राज्यको उपेक्षाका कारण दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । 

तर अव भने चुरे क्षेत्र सडक सञ्चाल  सँग जोडिए  पछि स्थानिय निकै हर्षित भएका छन् ।

चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालमा जोडिएको छ । गर्भा दरबार क्षेत्र सुगम जिल्ला मानिने कैलालीको दुर्गम क्षेत्रमा रहेको छ । भौगोलिक विकटताको समस्या झेल्दै आएका साविक खैराला गाविसका स्थानीयवासी पहिलो पटक सडक सञ्जालसँग जोडिँदै गाडी पुगेपछि हौसिएका छन् ।

चुरे क्षेत्रमा गाडी पुगेपछि आवागमन र मालसामान ढुवानीका लागि सहज हुने भएकाले सर्वसाधारणहरु निकै खुशी छन । बिगतमा चुरे क्षेत्रमा उत्पादित बस्तुले बजार नपाउने समस्या रहेपनि अव भने सडक संञ्जालको बिस्तार भए सँगै चुरैमा उत्पादित चिजले बजार पाउने भन्दै कृषक पनि मख्ख छन् ।

पूर्वपश्चिम राजमार्गको चौमाला सडकखण्डदेखि उत्तरी चुरे पहाड गर्भा दरबारसम्म पैदल हिँडेर एक दिन लाग्ने गर्छ । सडक सञ्जाल जोडिएपछि अब दुई घण्टामै पुग्न सकिने भएको छ । चुरेक्षेत्रलाई सडक सञ्जाल सँग जोडन २०६५ सालबाट कुँरा चलेपनि झन्डै १० बर्षपछि सडक बिस्तार भएको छ । सडकलाई थप व्यस्थीत गर्न पहल भइरहेको छ । 

कैलालीको चौमालाबाट चुरेको गर्भा सम्मको २२ किलोमिटर सडक झन्डै १ करोडको लागतमा निर्माण भइरहेको छ । सडक बिस्तारका लागी ५० लाख गाँउपालीका र ५० लाख प्रदेश सरकारले बिनियोजन गरेको छ । सडक सञ्जाल जोडिए सँगै पर्यटन प्रवद्धनमा पनि ठेवा पुग्ने अपेक्षा गरिएको छ ।

मोटरबाटो पुगेपछि सुन्तलाको भाउ बृद्धि

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ खैरालासम्म मोटरबाटो पुगेपछि यसपाली सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मुल्य पाएका छन् ।

मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए । गत वर्ष चौमालामा प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपाली बारीबाटै प्रतिकिलो ८५ रुपैयाँका दरले सुन्तला बिक्री गरिरहेका छन् ।

खैराला गर्भाका किसान गणेश चन्दले गत वर्ष बढिमा प्रतिकिलो ५० रुपैयाँ मुल्य पाएको बताए । उनले यसपाली गाउँमै व्यापारी आएर ८५ रुपैया“का दरले सुन्तला खरिद गरेको बताए । “गत वर्ष चौमालाबजार र्पुयाएर पनि ३० देखि ५० रुपैयाँका दरमा सुन्तला बेचेका थियौं” उनले भने– यसपाली बारीमै आएर व्यापारीले ८५ रुपैयाँमा खरिद गरेर लगे ।

सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने सुन्तलामध्ये खैरालाको सुन्तला निकै स्वादिलो मानिन्छ । धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले एक सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मुल्य प्रतिकिलो एक सय ५० रुपैयाँ रहेको छ ।

गत बुधबारदेखि खैरालाको गर्भासम्म जीप चल्न थालेको स्थानीय गगनसिंह रजवारले बताए ।

गर्भा दरबारभन्दा एक किलोमिटर तल कटौंजेसम्म एक महिना अघिदेखि जीप चल्न थालेको थियो । गत असारमा २८ लाख रुपैयाको लागतमा गर्भासम्म सडक ट्रयाक खोलेको चुरे गाउँपालिकाले दशैंपछि थप १० लाख रुपैया खर्च गरेर बाटो सफाई गरेको छ ।
खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि खैरालाका किसानहरुलाई सुन्तला लगायतका कृषि उत्पादन बजारमा पठाउन सजिलो भएको छ । खैरालाबाट सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यु लगायतका उत्पादन धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको स्थानीय प्रकाश गुरुङले बताए ।

गौरीगंगा नगरपालिका वडा नम्बर ३ झिलदेखि गर्भादरबार हु“दै खैराला–शिवनगर मोटरबाटो २०६५ मा शिलन्यास भएको थियो । साविक कैलाली जिल्ला विकास समितिले झिलदेखि गर्भासम्मको १९ किलोमिटर सडकमध्ये १२ किलोमिटर ट्रयाक खनेको थियो । गत वर्ष चुरे गाउ“पालिका र सुदूरपश्चिम प्रदेश सरकारको ५०÷५० लाख रुपैया समेत एक करोड रुपैयाको बजेटमध्ये ३९ लाख रुपैयामा टेण्डर पारित भएको थियो । टेण्डर पाएको चुरे निर्माण सेवाले समय अभावको कारण २८ लाख रुपैयाको मात्रै काम गर्न सकेको चुरे गाउँपालिकाका प्राविधिक शाखा प्रमुख चन्द्रदेव भट्टले बताए ।

गर्भामा पर्यटक आउने आशा

चुरे गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष समेत सो सडकका लागि ५०र५० लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् । गर्भाबाट सो सडक अझै अगाडि र्पुयाउनका लागि टेन्डर आव्हान गर्ने तयारी भइरहेको चुरे गाउ“पालिकाका अध्यक्ष धनबहादुरा रोकामगरले बताए । गाउँपालिकाको पहिलो लक्ष्य नै वडा केन्द्रसम्म मोटरबाटो पु¥याउने रहेको बताउँदै उनले मोटरबाटो नपुगेको वडा नम्बर २ मा पनि यसै वर्ष सडक सञ्जाल जोड्ने गरी काम अगाडि बढाइने बताए ।

गर्भा दरबारसम्म बाटो पुगेपछि ऐतिहासिक महत्व बोकेको गर्भा दरबार संरक्षण र त्यहाँ पर्यटन प्रवद्र्धनको सम्भावना बढेको स्थानीयको भनाई छ । बिक्रमसम्वत १९८४ मा बहादुर समशेर राणाले कैलाली र डोटी आवतजावत गर्दा बास बस्ने गरी बनाएको गर्भा दरबार संरक्षणको अभावमा खण्डहर बनेको छ ।

एक जर्ना गर्भवति महिला युद्धमा श्रीमान् मारिएपछि प्राण रक्षाका लागि खैरालामा बस्न आएको हुनाले त्यस क्षेत्रको नाम गर्भा राखिएको बताइन्छ । उनै महिलाले चर्चेको जमिन र बनाएको देवीको थान कब्जा गरेर बहादुर समशेरले गर्भा दरबार बनाएका थिए ।

बहादुर समशेरका छोरा तेजप्रकाश धेरै पछिसम्म दरबारको रेखदेखमा आउने गरेको शिक्षक नारायण योगीले बताए । उनका अनुसार पञ्चायतकालमा सो दरबार पञ्चायतको नाममा सरुवा गरी पञ्चायत कार्यालय राखिएको थियो । “पञ्चायतपछि गर्भा दरबारमा लामो समयसम्म विद्यालय सञ्चालन भयो’ शिक्षक योगीले भने– मैले पनि लामो समयसम्म पढाए । विद्यालय भवन बनेपछि विद्यालय आफ्नै भवनमा सर्यो । दरबार पुनः संरक्षणबिहीन भयो ।’

संरक्षण र रेखदेखको अभावमा गर्भा दरबारको भगनावेश मात्रै बाकी छ । यसलाई तत्काल पुनःनिर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने शिक्षक योगीले बताए । उनले दरबारसम्मै गाडी आउन थालेपछि गर्भा दरबार हेर्न आउने मान्छेहरु बढ्ने आशा पलाएको बताए ।

कृषि र ऐतिहासिक पर्यटनको सम्भावना रहेको गर्भामा प्रदेश सरकार र चुरे गाउँपालिकाले पर्यटन प्रबद्र्धनको योजना समेत बनाएका छन् । प्रदेश सरकारले सो दरबार पुनः निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर यसपाली ५० लाख रुपैया विनियोजन गरेको गाउँपालिका अध्यक्ष रोकामगरले बताए ।

उनले गर्भाको पुरानै डिजाइनमा नयां भवन निर्माण गर्ने तयारी भइरहेको बताए । “यसपाली पुरानो दरबार भत्काएर जग हाल्ने काम पुरा हुन्छ’ अध्यक्ष रोकामगरले भने– पुनःनिर्माण भइसकेपछि पहिले जस्तो देखिन्थ्यौ, त्यस्तै देखिने छ ।

मोटरबाटो गर्भा दरबारमै पुगेपछि अव सो दरबार हेर्न आन्तरिक पर्यटकहरु आउने सम्भावन बढेकाले सो क्षेत्रमा रेष्टुरेन्ट र होमस्टे सञ्चालन गर्न पुर्ने व्यवसायी श्याम महराले बताए । उनले आउने पर्यटकहरुलाई खैरालामै उत्पादन हुने मकै, कोदो, फापरको रोटी, माडा, ढिंडो लगायत र सिस्नु लगायतका स्थानीय तरकारीको स्वाद दिन सकिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै