• २०८१ बैशाख १५ शनिबार

बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको निर्णायक गोलमा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि १-० को जित हासिल गरेको हो ।

खेलको एक मात्र गोल मेसीले खेलको ८६औ मिनेटमा गरेका हुन् । एटलेटिकोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एटलेटिकोले गोल गर्ने अवसर पाए पनि बार्सिलोनाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

यस खेलमा आफ्नो पुर्व क्लबविरुद्ध पहिलो पटक खेलेका एन्टोनी ग्रीजम्यानले भने खासै उलेख्य खेल खेल्न सकेनन् । बार्सिलोनामा आफ्नो प्रदर्शन औसत देखाएका ग्रीजम्यान बार्सिलोनामा अहिलेसम्म खेलेका १८ खेलमा केवल ५ गोल गर्दै निराशाजनक प्रदर्शन गरेका छन् । 

यो जितसँगै बार्सिलोना ला लिगाको शिर्ष स्थानमा पुगेको छ । बार्सिलोनाको १४ खेलमा ३१ अंक रहेको छ । त्यस्तै १४ खेलमा ३१ नै अंक रहेको रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । एटलेटिको म्याड्रिडको भने १५ खेलमा २६ अंक रहेको छ भने लिगको पाँचौ स्थानमा पुगेको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै