• २०८१ बैशाख ७ शुक्रबार

सुन्दर पिचाई बने गुगलको मुख्य कम्पनी अल्फाबेटको पनि प्रमुख कार्यकारी

kharibot

काठमाडौं । टेक जाइन्ट गुगलले भारतीय मुलका सुन्दर पिचाई आफ्नो मुख्य कम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकारी (सीइओ) नियुक्त गरेको छ ।

यस अघि अल्फाबेटको सीइओ सर्गी ब्रिन थिए ।

सन् २०१५ मा गुगलका विभिन्न कम्पनिलाई एकै ठाउँमा राखेर अल्फाबेट कम्पनी बनाइएको थियो । अल्फाबेटमा गुगलसहित वायमो (स्वचालित कार), बेरिलो (जीव विज्ञान), केलिको (बायोटेक आर एण्ड डी), साइड वाक ल्याब्स ( शहरी विकास), लून ( ग्रामिण क्षेत्रको इन्टरनेट सहायता) जस्ता कम्पनि रहेका छन् ।

यस अघि सिइओ र अध्यक्ष रहेका ब्रिनले राजीनामा दिएपछि अब अल्फाबेटमा अध्यक्ष हुने छैनन् भने सुन्दर गुगल र अल्फाबेट दुवैको प्रमुख कार्यकारी हुने छन् ।

गुगलका सह्संथापक लेरी पेज र ब्रिन अब अल्फाबेटको बोर्ड अफ डाइरेक्टर भने बनिरहने छन् ।

अल्फाबेटको यो घोषणासँगै शेयर बजारमा एक घण्टामा अल्फाबेटको शेयर ०.६८ प्रतिशतले बढेको छ । 
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै