काठमाडौं । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पौडी तर्फ नेपालले स्वर्ण पदक जितेको छ ।
नेपालका लागि २ सय मिटरको फ्रीस्टाइलमा गौरिका सिंहले स्वर्ण पदक जिताएकी हुन् । सागको इतिहासमा व्यक्तिगततर्फ नेपालले स्वर्ण जितेको पहिलो पटक हो ।
यो सँगै जारी सागमा नेपालको स्वर्ण पदकको संख्या ३३ पुगेको छ ।
नेपालले सागको इतिहासमा पहिलो पटक धेरै स्वर्ण पदक जित्ने किर्तिमान समेत बनाएको छ । यस अघि नेपालले १९९९ मा काठमाडौँमै भएको सागमा ३१ स्वर्ण जितेको थियो ।