• २०८१ बैशाख १७ सोमबार

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न भन्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै