• २०८१ बैशाख १८ मंगलबार

नेइमारको उत्कृष्ट खेलपछि पिएसजी विजयी  

kharibot

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लियरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीका लीनड्रो परेडेजको आत्मघाती गोलबाट खेलको ४१औ मिनेटमा मोन्टपेल्लियरले अग्रता लिएको भएपनि खेलको ७४औ मिनेटमा नेइमारको गोलबाट पिएसजीले बराबरी गरेको थियो ।

त्यसपछि ७६औ मिनेटमा नेइमारको असिस्टमा किलीयन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने खेलको ८१औ मिनेटमा माउरो इकार्डीले अर्को गोल गर्दै पिएसजीलाई ३-१ को अवस्थामा पुर्याएका थिए ।

यस खेलमा मोन्टपेल्लियरका पेड्रो मेंड़ेज खेलको ७२औ मिनेटमा रातो कार्ड खाएर बाहिरिदा १० खेलाडीमा सिमित भएको थियो ।

योजितपछि पिएसजीको १६ खेलमा ३९ अंक भएको छ भने पिएसजी शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै मोन्टपेल्लियरको भने १७ खेलमा २४ अंक छ भने लिगको आठौ स्थानमा रहेको छ ।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै