• २०८१ बैशाख १४ शुक्रबार

मदनको ह्याट्रिकले गुलरिया नगरपालिका बिजयी

kharibot

बर्दिया(स्याउलीबजार) । बढैयाताल गाँउपालिकामा आयोजित जिल्लास्तरीय फुटबल प्रतियोगिताको आज आइतवार भएको दोस्रो खेलमा मदन सुनारको ह्याट्रिकको मदतले गुलरिया नगरपालिका बिजयी भएको छ । गुलरिया नगरपालिकाले बारबर्दिया नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पराजित गरेको छ । 

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका बिच भएको खेलमा खेलको सुरुवातको ३ मिनेट मा गुलरियाका मदनले पहिलो गोल गरेका थिए। मदन सुनारले ३, ६९ र ८० औ मिनेटमा गोल गरेर टिमलाई जिताउन अग्रणी भूमिका निर्वाह गर्नुका साथै आफ्नो ह्याट्रिक समेत पुरा गरेका थिए । 

गुलरियाका तर्फबाट बाकि २ गोल खेलको १३औ र ६३औ मिनेटमा बलरामले गरेका थिए । बारबर्दियाका तर्फबाट २ गोलमा फागुराम थारुले ७२ औ मिनेट र रमेश थारुले ७६ औ मिनेटमा गोल फर्काएका थिए । ८ कार्यपालिकाको सहभागी यस प्रतियोगिता मंसिर २१ गते देखि २८ गते हुने छ । 

खेलकुद र पर्यटनको प्रर्वद्धन, बर्दियाको समर्पण’ भन्ने मुल नाराका साथ शनिवारदेखि बर्दियामा पहिलो पटक जिल्ला भित्रका कार्यपालिका स्तरीय फुटबल प्रतियोगिता शुरुवात गरिएको छ । बढैयाताल गाँउपालिकाको कालिकामा रहेको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा भएको यस प्रतियोगितामा विजेताले १ लाख रुपैया र उपविजेताले ६० हजार रुपैया पुरस्कारको राशी रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै