• २०८१ बैशाख १५ शनिबार

बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

kharibot

बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

आज मधुवन नगरपालिका-५ शक्तिपुरकी २८ वर्षिया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिए।

सामुदायिक वनमा बाख्रा चराउन गएरको समयमा दिउँसो साढे २ बजे बेपत्ता भएको खबर प्राप्त हुँदा साढे ३ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टमका लागि उनको शव बर्दिया अस्पतालमा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै