• २०८१ बैशाख १७ सोमबार

बोर्डमा सिमित घोडाघोडीको थारु संग्राहलय 

kharibot

कैलाली । सुदूरपश्चिमकै पर्यटकीय सम्भावना बोकेको कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको एक संग्राहलय बोर्डमा मात्रै सिमित रहेको छ । स्थानीय तथा प्रदेश सरकार, थारु समुदायको सांस्कृतिक क्षेत्रमा काम गर्ने संघ संस्था तथा सरोकारवालाको बेवास्थाका कारण संग्राहलय ब्यवस्थापन हुन नसकेको हो ।  

करिब ८ वर्ष पहिले सिमसार आयोजनाले थारु संग्राहलय संचालनार्थ केही आवश्यक समाग्रीहरु संकलन गरेपनि आफ्नो आयोजनाको समय अवधि सकिय संगै संकलन गरिएका समाग्रीहरु टेङ्नुवा सामुदायिक वनलाई हस्तान्त्रण गरेको थियो । आर्थिक अभावका कारण सामुदायिक वनले थारु संग्राहलयको ब्यवस्थापन गर्न नसकेको अध्यक्ष मैन ढकालले बताईन । सडक छेउमै रहेको सामुदायिक वनको भवनमा संग्राहलयको बोर्ड तथा आवश्यक समाग्रीहरु राखिएको भएपनि हाल सम्म यसबारे बुझ्न तथा चासो दिन सरकार, थारु अगुवा तथा सरोकारवाला नआएको उनको भनाई छ ।

 

संग्राहलयका लागि संकलन गरिएका गोरुगाडा, थारु समुदायका गर–गहना (नौलखा हार, सिरबन्दी), घोडा र घोडीको मुर्ती, ढोलक, थारु पहिरन, ढकीया, काठका चप्पल, कृषि औंजार लगायतका थारु संस्कृती झल्काउने बिभिन्न समाग्रीहरु जिर्ण बन्न थालेका छन ।

घोडाघोडी क्षेत्रमा थारु संग्राहलय निर्माण गर्ने योजना बिगत देखीको भएपनि आर्थिक अभावमा संग्राहलय निर्माण गर्न नसकिएको घोडाघोडी सांस्कृतिक संरक्षण समाजका अध्यक्ष समेत रहेका थारु अगुवा जग नारायण चौधरीले बताए । हाल बोर्डमा सिमित भएको संग्राहलय अरु कसैको भएकाले थारु समुदायले यसबारे चासो नदिएको उनको भनाई छ । 

घोडाघोडी क्षेत्रको समग्र बिकासमा लागि सरकारले संचालन गरेको घोडाघोडी पर्यटन बिकास बोर्डले पनि थारु संग्राहलयको बारेमा चासो दिएको पाईदैन । पर्यटकीय क्षेत्रको रुपमा बिकास हुदै गरेको यस क्षेत्रमा थारु संग्राहलय आवश्यक भएपनि तीनै तहका सरकारको ध्यान पुग्न सकेको छैन । यस क्षेत्र आउने पर्यटकहरुले ताल र सामान्य मन्दिर बाहेक हेर्न लायक अन्य केही नभएको गुनासो गर्ने गरेका छन । पर्यटकहरुलाई पर्याप्त समय बिताउने वातावरण नहुदा पनि यस क्षेत्रको पर्यटन बिकासमा असर परिरहेको धेरैको धारणा छ । अन्य ब्यवस्थापन संगै यस क्षेत्रमा आउने पर्यटकहरुका लागि थारु संग्राहलय पनि महत्वपुर्ण हुने घोडाघोडी मै भेटीएका किशोर भण्डारीले बताए । 

पर्यटकलाई आकर्षण गर्न संग्राहलय एक पाटो भएपनि यसको संचालन तथा ब्यवस्थापनमा कसैले चासो नदिनु दुःखको कुरा भएको सरोकारवालाहरु बताउछन । हाल दराज तथा कोढामा थन्किएका आवश्यक समाग्री संगै अन्य थप ब्यवस्थापनका साथ थारु संग्राहलय संचालन गरे पर्यटन बिकासमा थप टेवा पुग्ने बिश्वास गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै