• २०८१ बैशाख १७ सोमबार

करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

kharibot

राजविराज । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए । 

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई  पक्राउ गरिएको  हो । 

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको  प्रहरीले  जनाएको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय