• २०८१ बैशाख १५ शनिबार

गुलरियालाई पराजित गर्दै बाँसगडी फाइनलमा

kharibot

बर्दिया(स्याउलिबजार) । आज बिहिबार भएको दोस्रो एक दमै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलको ट्राइबेकरमा गुलरिया नगरपालिकालाई पराजित गर्दै बाँसगडि नगरपालिका जिल्ला कार्यपालिकास्तरिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज खेल सुरु भएदेखि नै एकदमै प्रतिस्पर्धात्मक भएको खेलमा खेलको पहिलो हाफमा बाँसगडी नगरपालिकाका सुनिल आलेमगरले २७औं मिनेटमा आकर्षक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । गुलरियाका खेलाडिहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा आकर्षक प्रहारहरु बाँसगडीको गोल पोष्टमा गरेका थिए तर बर्दिया जिल्लाका गोल रक्षक समेत रहेका राजेश थारुले उत्कृष्ट बचाउ गरेका थिए। सुनिलको गोलले बाँसगडी नगरपालिका पहिलो हाफमा ०-१ गोलले अगाडि रहेको थियो । 

पहिलो हाफमा १ गोलले पछाडि रहेको गुलरिया नगरपालिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बाँसगडिलाई दबावमा राखेको थियो । दोस्रो हाफको ५७औं मिनेटमा गुलरिया नगरपालिकाका बलराम खत्रीले आकर्षण गोल गरे । गोल गरेसँगै गुलरिया झनै आक्रमक खेल प्रदर्शन गर्दै बाँसगडिको पोष्टमा उत्कृष्ट प्रहार गरे पनि गोल रक्षक थारुले बचाउ गरेका थिए । 

खेलको अन्तिम समयसम्ममा पनि दुवै टिमका तर्फबाट १-१ गोल मात्र भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । 

पेनाल्टी सुट आउटमा बाँसगडीले गुलरियालाई ३-२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी तर्फ बाँसगडिका तर्फबाट ५ मध्य सुनिल आलेमगर, सुदिप घर्ती र मिलन थारुले गोल गरेका थिए भने दुर्गा केसी र जिवन लामाले गोल गर्न सकेका थिएनन् । 
साथै गुलरियाका तर्फबाट मदन सुनार र विवेक दुलाल मात्र गोल गरेका थिए भने प्रशान्त थारु, प्रकाश क्षेत्रि र बलराम खत्रीले गोल गर्न असफल भएका थिए । 

प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका बाँसगडि नगरपालिकाका सुनिल आलेमगरले म्यान अफ द म्याच घोषित भएका थिए ।

बढैयाताल गाँउपालिकाको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा बढैयाताल बडा नं ८ को स्याउलिबजारको खेल मैदानमा भईरहेको यस प्रतियोगिताको फाइनल मधुवन नगरपालिका र बाँसगडि नगरपालिका बिचको खेल शनिबार मंसिर २८ गते हुने कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुशील चौधरीले बताए । 

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष सुशीलले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै