• २०८१ बैशाख १७ सोमबार

सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने

kharibot

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको १३औ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए ।

खेलाडीहरुको मनोबल बढाउनुका साथै उच्च आत्मसम्मान प्रदान गरुन भन्ने उद्देश्यले स्वर्ण पदक बिजेतालाई जनही रु. एक लाख, रजत पदक बिजेतालाई रु ५० हजार र कास्य पदक बिजेतालाई रु ३० हजार नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै