• २०८१ बैशाख १६ आइतबार

भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न खेलकूदमन्त्री विश्वकर्माको निर्देशन

kharibot

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार हुनुपर्छ भने।

पोखरामा सागका केही खेल सम्पन्न हुनुले यहाँको गरिमा र महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिए।

पोखरा म्याराथनको १४ औँ संस्करण सम्बन्धमा उनलाई जानकारी दिइएको थियो। मञ्चका अध्यक्ष तेज गुरुङले आगामी फागुन ३ गते हुने १४ औँ संस्करणको पोखरा म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमा वृद्धि गरिने जानकारी दिए।

उनका अनुसार प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै