• २०८१ बैशाख १६ आइतबार

शहीद स्मारक ‘ए’ डिभिजन : एपिएफ र हिमालयन बराबरी

kharibot

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफ र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको एपिएफ र शेर्पाले दोस्रो हाफको शुरुवातमै गोल गरे ।

खेलको ४७औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर त्यो हिमालय शेर्पाको एक शून्यको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ५८औ मिनेटमा एपिएफका आशिष लामाको क्रसमा प्रवीनकुमार स्याङतेनले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

एपिएफले लिगमा पहिलो अङ्क जोड्दा हिमालयन शेर्पाको २ अङ्क भएको छ । खेलमा हिमालयन शेर्पाका त्रिदेभ गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै