• २०८१ बैशाख २१ शुक्रबार

शैली थिएटरमा 'विवाहको प्रस्ताव' मन्चन हुने

kharibot

काठमाडौँ । शैली थिएटर रातोपुलमा एक जना चर्चित रुसी साहित्यकार आन्तोंन चेकोभको एकाकंकी नाटक “बिवाहको प्रस्ताब“ (द म्यारिज प्रपोजल) पुस १८ शुक्रबारदेखि मन्चन हुनेछ  ।

गोबिन्द बहादुर मल्ल गोठालेको “भुसको आगो“ नाटक मन्चन पछि केहि दिनको बिश्राम सगै शैली थिएटरले यस नाटकको पुर्बतयारी गरिरहेको छ । यस नाटकले बिहेसँग जोडिएको सरल कथाबस्तुलाई हास्यास्पद अबस्था सृजना गरि सामाजिक चाल चलनलाइ चोटिलो व्यङ्ग्य गरेको छ ।

एक ७० बर्षिया वृद्धा स्टिपान स्टेपानोभिजको छोरी नतालियासग ३५ बर्षिय छिमेकी इभान भ्यासिलिचको बिहे प्रस्ताबमा केन्द्रित छ यो नाटक । मन भित्र एउटा उदेश्य र बाहिर देखाउने अन्य उदेश्यका साथ ति पात्र मन्चमा देखिन्छन । यसरि नक्कली काम गर्दा उनीहरुको असली चरित्र बीच बिच मा फुत्किन्छ जसले हासो सिर्जना गर्छ । आखिरमा ति पात्रहरु जमिनको विवाद र कसको कुकुर राम्रो भन्ने बिषयबस्तु तर्फ मोडिन्छन ।

यसले गर्दा अब बिहे प्रस्ताब स्वीकार्य होला कि नहोला भन्ने अबस्थामा नाटकले गति लिन्छ । मुख्य कलाकार  सशांक बोहोराले इभान, स्नेहा पौडेलले नतालिया र सुबास सुबेदीले स्टेपान स्टेपानोभिचको भूमिकामा रहेका छन् । कोरसमा मास्क लगाएर वा गाउँलेको भूमिकामा देबेन्द्र बब्लु, भारती रिजाल,  रोबिन तामांग, बिशाल सुबेदी, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइलीले काम गरेका छन । 

नेपाली भाषामा मन्चन हुने यस नाटकमा भेषभुषा, सेट र दृश्य मार्फत रुसको बातावरणको झझल्को दिइएको छ । एक घण्टा पन्द्र मिनेट लामो यस नाटक पुस १८ देखि माघ १० सम्म मन्चन हुने छ ।

आन्तोंन चेकोभको यस कृतिलाई सबिन न्यौपानेले नेपालीमा अनुबाद गरेका हुन । देबेन्द्र बब्लुको संगीत अनि अमन माली, सुजन माली र सुशील मालीको स्वर रहने यस नाटकलाइ नबराज बुढाथोकीले  निर्देशन गरेका हुन् ।

स्मरण रहोस शैली थिएटरले माघ महिनाको अन्तिम हप्ता गरिने ११औ राष्ट्रिय बाल नाटक महोत्सबको तयारि पनि गरिरहेको छ ।  महोत्सवमा सहभागी हुन आयोजकले स्कृप्ट आव्हान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै