• २०८१ बैशाख १५ शनिबार

बाराक ओबामाको चलचित्र “अमेरिकन फ्याक्ट्री” ओस्कारमा सम्मानित

kharibot

अमेरिकाको पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामाको प्रोडक्शन कम्पनी हायर ग्राउन्ड प्रोडक्शनको पहिलो चलचित्र “अमेरिकन फ्याक्ट्री” लाई सर्वश्रेष्ठ वृत्तचित्र तर्फको ओस्कर अवार्ड प्रदान गरिएको छ।

यस विधामा अमेरिकन फ्याक्ट्री सँगै 'द केभ', 'द एज अफ डेमोक्रेसी', 'फर सामा' र 'हनील्याण्ड' पनि ओस्कारको नामांकनमा परेका थिए।

उक्त अवार्ड ग्रहण गर्न स्टेभेन बोग्नार र जुलिया रिचर स्टेजमा पुगेका थिए । यस विशेष मौकामा मिशेल ओबामाले ट्वीट गर्दै आफ्नो पुरै समूहलाई बधाई दिएकी छिन् । मिशेल ओबामाले लेखेकी छिन्, “ सर्वश्रेष्ठ वृत्तचित्रको लागि ओस्कार जितेकोमा जुलिया, स्टीभन र पुरै कास्टलाई शुभकामना । सबैको ईमानदारी देखकर खुशी लागेको छ, किनभने राम्रो कथाहरु शायद कहिलेकाहिँ पुरा हुने गर्दछन् ।”

चलचित्रमा अमेरिकाको ओहियो प्रान्तमा अवस्थित चीनीयाँ कम्पनी फूयाओ मा रहेको कारखानाको कथामा आधारित छ । आलोचकहरुको अनुसार यस वृत्तचित्रको माध्यमबाट २१औँ सताब्दीको अर्थव्यवस्थामा भएको चुनौतीको बारेमा देखाइएको छ ।

हालै मिशेल ओबामाको अडियो पुस्तक बिकमिंग लाई ग्र्यामी पुरस्कारबाट सम्मान गरिएको थियो । उक्त पुस्तकमा मिशेल ओबामाले आफ्नो जीवन र प्रथम महिला ह्वाइट हाउसमा बितेको अनुभवको बारेमा बताएकी छिन् ।

यो भन्दा पहिला अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई पनि उक्त श्रेणीमा सन् २००६ मा “ड्रिम्स फ्रम माई फादर” र सन् २००८ मा “द ओडेसिटी अफ होप”  को लागि ग्र्यामी पुस्कारबाट सम्मानित गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै