• २०८१ बैशाख १७ सोमबार

छुवाछूतविरुद्ध जाजरकोटका पुरोहित र धामीझाँक्री एकजुट

kharibot

जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूत विरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् ।

भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूत मुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

भेरी नगरपालिका–११ का रुपलाल शर्माले भने, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नौं, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।”

भेरी नगरपालिका–४ एकदेव शर्माले भने, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छुँ,  सानो जात र ठूलो जात भन्ने हुँदैन ।”

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, “समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूत जस्तो हुने गरेको छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनुभएको छ, यो खुशीको कुरा हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै