• २०८१ बैशाख १७ सोमबार

मुगुका सांसद भन्छन् “छाउगोठ भात्काएसंगै घर बनाउनु पनि जरुरी छ” 

kharibot

नेकपा सांसद गोपाल बहादुर बमले छाउ गोठ भत्काउने अभ्यान संगै गरिब जनताको बसोबास गर्ने घर पनि बनाउनुपर्ने आवस्यक रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारलाई कर्णालीका पिडित जनताको वास्तविक समस्या बुझ्न र कर्णालीका घरहरुको अध्ययन गर्न आग्रह गरेका छन् ।

उनले भने, “स्वभाविक रुपमा प्राकृतिक कारणले हुने महिनावारीको कारण कर्णाली र सुदुर पश्चिमका महिलाले भोग्नु परेको पिडा छ र त्यो पिडाको अन्त्य हुनुपर्छ । हाम्रो समाज , धार्मिक हिन्दु संस्कारको अनुसार धेरै महिलाहरुले सति प्रथा , जारि प्रथा , कमलरी प्रथा जस्तो विभिन्न प्रथा जस्तै छाउ प्रथा मार्फत महिला पिडित छन् ।”

त्यसको अन्त्यको लागि सरकार र अभियानकर्ताले चलाएका छाउ गोठ भत्काउने अभियान सहि छ तर वास्तविक समस्या नबुझी गरिएको कारण त्यसले जनता अझ धेरै पिडामा हुने उनले बताएका छन् ।

“सरकार तथा अभियानकर्ताको छलफल तथा सेमिनार , संसदमा कुरा उठे तर त्यहाँको वास्तविकता समस्याको बारेमा छलफल भएन” उनले भने, “कर्णालीको महिलाहरुले भोग्नु परेको पिडा, छाउगोठ बन्नुको बाध्यता र कारण कसैले बुझेको छैन ,१५ सय छाउगोठ भत्किए तर त्यहाँको महिला अहिले के गरिरहेकी छिन् भन्ने कसैलाई थाहा छैन, भत्केका छाउ गोठको अवस्था कस्तो छ ?”

सांसद बम  भन्छन्, “कर्णालीका घर कस्ता छन् भनेर अध्ययन गर्नुपर्ने जरुरी छ, घरहरु दुई तालाको बनेको हुन्छ ,तल्लो तलामा गाईगोठको लागि हुन्छ भने माथिल्लो तालामा धेरै भए दुईवटा कोठा हुन्छ, भान्छाकोठा पनि त्यहि हो , सुत्ने कोठा पनि त्यहि हो , प्राय परिवारको सबै सदस्य सुत्ने कोठा र पुजा कोठा पनि त्यहि एउटा हुन्छ भत्काउने कुरा ठिक हो तर त्यस्तो अवस्थामा कसरी हुन्छ ?”

उनि भन्छन्, “देशको ७० प्रतिशत बजेट सरकारले परिचालन गरेको छ तर कर्णालीमा कुनै आयोजन पुगेको छैन । जसरी भूकम्पले क्षति गरेर सरकारले पुननिर्माण गर्यो त्यसै गरि छाउगोठ भत्काएका घरहरुको अध्ययन गर्नु पनि आवस्यक छ, कर्णालीको घरहरु बनाउने बभियान चलाउनु पर्छ ।”

सांसदको अनुसार महिलाको समस्या, अवस्था र जीवन शैलीलाई बुझ्नुपर्ने हुन्छ, घर मात्र भात्काउने भन्दा पनि त्यहाँको मानसिकता र अवस्था बुझेर अभियान चलाउनु पर्नेहुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै