• २०८१ बैशाख १५ शनिबार

शक्ति गौचन र जङ्गबहादुरलाई रुपन्देहीमा सम्मान

kharibot

लुम्बिनी । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ ।

विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्यास लिएको घोषणा गरेका थिए । दायाँहाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले नेपालको तर्फबाट लगातार १८ वर्षसम्म क्रिकेट खेलेका थिए ।

नवौँ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेल्नुभएका गौचनले प्रतियोगिताबाट सन्न्यास लिएसँगै रुपन्देहीको पडसरीमा क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । गौचनलाई सोमबार सिद्धार्थ रङ्गशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । उनलाई नगदसहित सम्मानपत्रले प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले सम्मान गरेका हुन् । गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक जङ्गबहादुर थापालाई पनि पुरस्कृत गरिएको छ ।

 भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि वितरण समारोहमा क्रिकेटका पूर्वचर्चित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

क्रिकेट खेलमा शक्ति र जङ्गबहादुरको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजक साइ ग्लोबल एकेडेमीका अध्यक्ष हरिबहादुर थापाले बताए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै