• २०८१ बैशाख १८ मंगलबार

एक लाख घुससहित सिचाईका ईन्जिनियर पक्राउ

kharibot

बैतडी । बैतडीमा एक जना ईन्जिनियर १ लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका ईन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ परेका हुन् ।

बुधवार बिहानैं उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घूस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार  दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपूरका सुचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिए ।

अख्तियार कार्यालय कन्चनपूरबाट खटिएको प्रहरी निरिक्षक नेतृत्वको टोलिले पक्राउ गरेको हो ।

उनलाई आजै कञ्चनपूर लगेर थप अनुसन्धान गरिने सुचना अधिकारी बिष्टले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै