• २०८१ बैशाख १७ सोमबार

फोहोरमा बच्चा किन फाल्छन् भेनेजुएलाका आमाहरु : 'बच्चा फाल्न मनाही छ' भन्ने बोर्ड नै टाँगीयो !

kharibot

भेनेजुएलाको आर्थिक स्थिति यस प्रकारले खराब भएको छ कि आमाहरु आफ्नो बच्चालाई पाल्न सकिरहेका छैनन् ।

“बच्चा फाल्न मनाही छ” भनेजुएलाका कलाकार एरिक मेनिकानोले बनाएको उक्त बोर्ड अहिले देशभरीका भित्तामा टाँसिएको देख्न सकिन्छ । एरिकले यसलाई तब बनाएका थिए जब राजधानी कराकसमा उनको अपार्टमेन्ट नजिक एउटा नवजात शिशुलाई नालीबाट निकालिएको थियो ।

मेनिकानो भन्छन्, उनले यस क्याम्पियन शुरु गर्नुको कारण भनेको यस विषय भेनेजुएलामा सामान्य बन्दै गएको छ तर यो कुनैपनि रुपमा सामान्य होइन ।

संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमको एक अध्ययनको अनुसार, भेनेजुएलाको अर्थव्यवस्था लगातार तल झर्दै गएको छ । देशको हरेक तेश्रो व्यक्ति थोरै खाना पनि व्यवस्था गर्न पाइरहेको छैन जसले उनीहरुलाई पर्याप्त पोषण प्रदान गर्छ ।

गर्भ निरोधक मानिसको आर्थिक अवस्था र पहुँच भन्दा पर रहेको छ, त्यसैले नचाहेको गर्भ बढ्दो छ ।

गर्भपतनको नियम निकै कडा छ, जसले केवल आमाको ज्यान खतरामा भएको अवस्थामा मात्र गर्भपतन गराउने अनुमति दिएको छ । त्यसैले महिलाहरुको अन्य विकल्प अझ सिमित हुँदै गएको छ । 

भेनेजुएलाको आर्थिक संकटको बारेमा एक च्यारिटीले सन् २०१८ मा सडकमा वेवारिसे छाडिएका र सार्वजनिक भवनको ढोकामा छोडिने बच्चाको संख्या ७० प्रतिशतले बढेको छ ।

यस वर्षमा भनेजुएला सरकारले कुनै आधिकारिक तथ्यांक जारी गरेको छैन । यी प्रश्नको न त संचार मन्त्रालयसंग उत्तर छ न बाल अधिकारीहरु संग काम गर्ने कुनै सरकारी संस्थासंग छ ।

सामाजिक सेवा र स्वास्थ्यकर्मीको अनुसार वेवारिसे छाडिएको र अनौपचारिक रूपले अपनाएका बच्चाको संख्या धेरै छ ।

आवस्यकता भएको मानिसको सहयोगको लागी सामुदायिक भान्छा बनाएका छन् तर बालबालिका निकै कुपोषित छन् ।

कराकसको सबै भन्दा गरिब ठाउँमा एउटा चाइल्ड प्रोटेक्शन काउन्सिल बनेको छ र नेल्सन विलसमिल त्यसको सदस्य रहेका छन् ।

त्यहाँ भएको बच्चा अपनाउने प्रकरण यति धेरै झन्झटिलो छ कि अव्यवस्थाको कारण आमा बुबा निराश भएर अर्कै विकल्प खोज्न शुरु गर्छन् ।

यस्तै कथा एकल बच्चा टोमास(नाम फेरिएको) पनि छ ।

टोमासकी आमा कराकसको बासिन्दा हुन् र निकै गरिब छिन्, उनलाई लाग्यो कि उनि आफ्नो बच्चा पाल्न सक्दिनन् त्यसै समयमा टोमासको जन्म भयो र संयोगले गायनेकोलजिस्ट सहयोग गर्नको लागि उपलब्ध थिए ।

“यस्तो पहिलो पटक भने होइन, आफ्नो बच्चा पाल्न नसक्ने आमा थुप्रै भेटिन्छन्।”, उनी भन्छन्, “हरेक पटक यस्तो भने हुँदैन आमाले आफ्नो बच्चालाई पहिलो पटक दुध खुवाउदा उनीहरुको मन फेरिन्छ तर सधै यस्तो हुँदैन आमाहरु विकल्प खोज्न बाध्य हुन्छन् ।”

उनले आफ्नो एउटा बिरामीसंग कुराकानी गरेका थिए, करिब ४० वर्षकी तानिया (नाम परिवर्तन ) एउटा बच्चा चाहन्छिन् तर उनि गर्भवती हुन सकेकी छैनन् ।

देशको अवस्था यस्तो भएको छ कि आमाहरु चाहेर पनि आफ्नो बच्चाको लागी केहि गर्न सकिरहेका छैनन् ।

उनी टोमास र उसको आमाको सहयोग गर्न चाहन्छन् तर धेरै सोचबिचार पछि उनले आफ्नो निर्णय परिवर्तन गरे ।

उनले आफुने चिनेको एक जोडीसंग सम्पर्क गरे र उनीहरु ग्रामिण भेनिजुएलामा आफ्नो घरमा टोमासलाई आफ्नो बच्चाको रुपमा स्वीकार्न सहमत भए ।

कुनै शंका नहोस् भनेर यस जोडीले छिटो भन्दा छिटो दर्ता गर्ने काम सकाए र तानियाले टोमासको ठाउँमा आफ्नो साथीको नाम लेख्नको लागि एक सरकारी अधिकारीलाई १८ हजार रुपैया घुस दिइन् ।

अब तानियाको साथी गाउँमा बनेको आफ्नो घरमा टोमासलाई पालिरहेका छन्, टोमास अहिले आफ्नो खुट्टामा उभिएर हिड्न सक्ने भएका छन् र परिवारले यसको उत्सव पनि मनाएका छन् ।

तानिया भन्छिन्, आफुले गरेको काममा कुनै पश्चाताप छैन र उनले टोमासको राम्रोको लागी अपनाउने  आधिकारिक प्रक्रियालाई वेवास्ता गरिन् ।

टोमासलाई उसको आमाको सहमतिमा नै अरुको जिम्मा लगाइएको थियो तर भेनेजुएलामा महिलाहरुको  लागी निराशाको फाइदा उठाउनेको कमि भने छैन ।

ईसाबेल (नाम परिवर्तन) जब दोश्रो पटक गर्भवती थिइन् तब उनको श्रीमानको मृत्यु भयो । यस्तो अवस्थामा ईसाबेलको मनमा बच्चालाई आरु कसैलाई दिने विचार आयो ।

उनि भन्छिन्, “ म पुरै एक्लो थिए र मलाई डर लागेको थियो कि आफ्नो बच्चाको पेट भर्न सक्छु वा सक्दिन ।”

एक परिचित व्यक्तिको सल्लाहमा उनि क्यारेबियाली आइल्याण्ड त्रिनिडाड गइन् ।

त्यहाँ उनले केहि यस्तो जोडीलाई भेटिन् , उनलाई ती बच्चा अपनाउन इच्छुक भएको बताइएको थियो ।

ईसाबेललाई भनिएको थियो कि कुनैपनि अवस्थामा अन्तिम निर्णय उनको हुनेछ तर उनि छिट्टै नै त्यस  कोलम्बियाली महिलाको दबावमा परिन् जो सबै व्यवस्था मिलाउदै थिइन् । 

ईसाबेल भन्छिन्, “ मलाई भनिएको थियो कि सबै कानुनी ढंगबाट हुन्छ र मैले पनि आफ्नो बच्चा दिने कुरामा केहि भनेको थिइन तर त्रिनिडाडमा आफु मानव तस्करको बीचमा फसेको अनुभव भयो ।”

उनी सम्झना गर्छिन्, “ मलाई हरेक समय नजर राखिएको हुन्थ्यो र म बसेको घरबाट बाहिर निस्किने अनुमति थिएन, मलाई भेनेजुएला फर्किने फ्लाइट टिकटको बारेमा भनिएको थियो तर बनाएको थिएन ।”

जब आमालाई आफ्नो बच्चासंग अलग हुनुपर्छ 

केहि हप्तापछि ईसाबेलले त्रिनिडाडको एक अस्पतालमा समय भन्दा पहिला नै बच्चा जन्माइन् । उनले आफ्नो बच्चा आफैसंग राख्ने निर्णय गरिन् तर तुरुन्त उनलाई कोलम्बियाली महिला र वकिल भएको दावा गर्ने मानिसले दवाव बनाए ।

ईसाबेल भन्छिन्, 'उनीहरुले मलाई भने कि मेरो बच्चाको नयाँ आमा बुबा पार्किङ्गमा पर्खिरहेका छन् र अंग्रेजीमा लेखिएको केहि कागजपत्रमा मलाई हस्ताक्षर गर्नुपर्ने हुन्छ, मलाई थाहा पनि थिएन कि त्यसमा के थियो ।'

पहिला त उनले अस्विकार गरिन् तर केहि हप्ता पछि उनलाई बन्धक बनाएर राख्नेले उनको खाना, औषधि र लुगा खोसेर उनि माथि दवाव बढाए । 

भेनेजुएलामा कुपोषण पनि ठुलो समस्या रहेको छ र मानिसहरु त्यससंग लडिरहेका छन् ।

ईसाबेल रुँदै भन्छिन्, 'अन्त्यमा मेरो बच्चाको ज्यान बचाउन र आफ्नो सहायताको लागि भेनेजुएला फर्किन मलाई आफ्नो बच्चा उनीहरुलाई सुम्पिनु पर्यो ।'

एउटा गैर-सरकारी संस्थाको सहयोगमा ईसाबेलले आफ्नो छोरालाई फिर्ता पाउनको लागि कानुनि लडाई शुरु गरेकी छिन् ।

उनको छोरा अहिले त्रिनिडाड प्रशासनको संरक्षणमा छ । अहिले ईसाबेललाई हप्तामा केवल एक पटक छोरा संग भेट्ने अनुमति छ ।

ईसाबेल भन्छिन् कि उनी आफ्नो बच्चा फिर्ता नलिएसम्म चुप लागेर बस्ने छैनन् ।

-बिबिसीबाट 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै