नेविसंघ महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत

खरीबोट
ad

काठमाठौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन् । 

नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनीत गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ । 

युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सकेका छन् । त्रिपाठी नेविसंघको महाधिवेशनमा अध्यक्ष पदमा पराजित उम्मेदवार हुन्  

सम्बन्धित समाचार

नेविसंघको महाधिवेशनको मिति तय, स्थान तोक्न अझै बाँकी 

काठमाडौं।  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कात्तिक १६, १७ र १८ गतेदेखि हुने भएको छ । सोमबार राति सकिएको केन्द्रीय कार्यसमितिको बैठकले १२ औ

नेविसंघको अधिवेशनको कार्ययोजना पेश गर्न अध्यक्ष महरलाई भदौ २ गतेसम्मको अल्टिमेटम 

काठमाडौं । नेपाली काँग्रेसले नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको छ । नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी

विदुर नगरपालिका तोडफोडमा संलग्न नेविसंघका तीन जना पक्राउ

त्रिशूली(नुवाकोट) । विदुर नगरपालिकामा बिहीबार भएको तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई आज पक्राउ गरेको छ ।  नगरपालिका कार्यालयमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघका नमराज सुवेदी, उत्सव श्रेष्ठ र

नेविसंघ विवाद : अध्यक्ष महर र महामन्त्री काफ्ले आरोप–प्रत्यारोपमा

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले आरोप–प्रत्यारोपमा उत्रिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको